
मंसिर ५, कावासोती
नवलपुर संघीय क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा सभापतिमा गोपालप्रसाद सापकोटा विजयी भएका छन उनले तारापती खरेल लाई पराजीत गर्दै विजयी भएका हुन । गोपाल सापकोटाले ३२९ मत ल्याउदा तारापतीले २४७ मत प्राप्त गरेका थिए ।
नवलपुर प्रदेश सभा क्षेत्र नं. १ ख क्षेत्रिय कार्यसमितिको सभापतिमा हेम प्रसाद पाण्डे विजयी भएका छन । पाण्डेले जम्मा खसेको मतमा ३२९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी उमेद्वार प्रदिप राज घिमिरे २२० मत प्राप्त गरेका छन ।
नवलपुर प्रदेश सभा क्षेत्र नं. २ क क्षेत्रिय कार्यसमितिको सभापतिमा रामचन्द्र भण्डारी विजयी भएका छन । उनले १८ मत अन्त्रमा विजयी भएका हुन । भण्डारीले २०३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी ऋषि कण्डेलले १८५ मत प्राप्त गरेका थिए ।
नवलपुर प्रदेश सभा क्षेत्र नं. २ ख क्षेत्रिय कार्यसमितिको सभापतिमा कृष्ण तिवारी र कृष्ण चौधरी बीच प्रतिशप्रधा भएको थियो । सभापती पदमा कृष्ण प्रसाद तिवारीले २५३ मत प््राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी कृष्ण बहादुर चौधरीले १३५मत प्राप्त गरेका थिए ।
४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका ९६ वटा पदमा १९२ जनाको उम्मेदवारी परेको थियो ।