
कावासोती
नेकपा एमाले कावासोति नगरपालिका अन्तरगतका १,२,४,६,९,१०,११,१२,१३ ,१४ १६ र १७ नम्बर वडा कमिटीको बैठक आज एक्कै दिन सम्पन्न भएको छ ।
बैठक आसन्न नेकपा एमालेको दशौ अधिवेशन लक्षित गरेर बैठक सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताउनु भयो ।
आज सम्पन्न बैठकले नेकपा एमाले दशौ महाधिवेशन प्रचार प्रशार समितिको निर्णय अनुसार मंसिर ७ गतेको मोटरसाईकल ¥यालिमा उल्लेख सहभागिता जनाउने , कावासोति नगरपालिका कमिटीको निर्णय अनुरुप वडागत रुपमा नेकपा एमालेको १० औ महाधिवेशन स्थलमा पाटि संगठित सदस्य , शुभेच्छुकहरुलाई मंसिर १० गते सहभागी गराउने, पाटि शुभेच्छुक तथा संगठित सदस्यहरुलाई दशौं महाधिवेशन जाऔ, भन्ने निमन्त्रणा पत्र मार्फत निमन्त्रणा गन निर्णय गरेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार प्रसार समित सह संयोजक बुद्धि सागर पोख्रेल (सागर) ले जानकारी दिनुभयो ।
कावासोति नगरपालिका अन्तर्गत वडा नं. १५ कमिटीको भोलि बैठक बस्दैछ भने अन्य वडाको शुक्रबारनै वडा कमिटीको बैठक सम्पन्न भएको नगर अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।