मंसिर २ , कावासोती
नवलपरासी (पश्चिम) प्रहरीले आज भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजि १२ लाख १२ हजार ५ सय मुल्य बराबरको मोटर पार्टस लगायतका अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आज बिहान भारतबाट अवैध रुपमा ल्याउदै गरेको मोटर पार्टस हेड ५ थान र मोटर गेयर बक्स १०८ थान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सीपुर बाट ११ लाख ८० हजार बराबरको सामान बरामद गरेको जनाएको छ । मोटर पार्टस भारतबाट अवैध रुपमा ल्याई काठमाण्डौ तर्फ लैजादै गर्दा यात्रुवहाक बसको डिक्कीमा चेक जाँचको क्रममा बरामद गरिएको हो । बरामद सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको पश्चिम प्रहरीले जनाएको छ ।
त्यसैगरी आज बिहानन भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३२ हजार ५ सय मुल्य बराबरको साडी, चिनी, चिम (बल्ब) लगायतका मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका वडा नं. ५ वाईपासबाट बरामद गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद सामान आजे आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।