घरHeadlineएमाले नवलपुरले दशौं महाधिबेशन लक्षित गर्दै १६५ सदस्य प्रचार प्रसार समिति गठन

एमाले नवलपुरले दशौं महाधिबेशन लक्षित गर्दै १६५ सदस्य प्रचार प्रसार समिति गठन

म्ंसिर २, कावासोती
नवलपुरमा नेकपा एमालेको १० ओैं महाधिवेशन लक्ष्यित प्रचारप्रसार तिब्र पारिएको छ । चितवनमा यही मंसिर १० देखि १२ गते सम्म हुन गइरहेको महाधिवेशन केन्द्रीत गरेर प्रचारप्रसार तिब्र पारिएको एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यले बताउनुभयो ।
नेकपा एमालेको दशौं अधिवेशनलाई प्रचार प्रसारलाई तिब्रता दिन बिहिवार कावासोतीमा एमाले प्रचार बिभागको बैठक बसि महाधिवेशनलाई सफल पार्न प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय समेत गरेको छ । भेलाले नेकपा एमाले नवलपुर जिल्ला प्रचार विभाग प्रमुख यमुनाथ आचार्य र बुद्धि सागर पोख्रेल (सागर) सह संयोजक रहेको १६५ सदस्य नेकपा एमाले १० औं महाधिबेशन प्रचार प्रसार समिति गठन गरेको छ । समितिमा प्रेस चौतारीका सम्पुर्ण सदस्यहरु, नेकपा एमाले भार्त संगठनका जिल्ला पदाधिकारी, निर्वाचित वडा अध्यक्षहरु र पालिका पदाधिकारी पदेन सदस्य रहेको सह संयोजक पोख्रेलले जानकारी दिनुभयो ।
एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यका अनुसार चितवनमा हुने महाधिवेशनमा नवलपुरबाट मात्रै ६० हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।
संयोजक आचार्यका अनुसार गैंडाकोटबाट १५ हजार ,देवचुलीबाट १५ हजार , कावासोतीबाट १० हजार , मध्यविन्दुबाट ८ हजार, विनयीत्रिवेणीबाट ४,हुप्सेकोटबाट ३ हजार ,बौदिकालीबाट ३हजार र बिनयीत्रिवेणीबाट ३ हजार कार्यकर्ता उतार्ने तयारी भएको आचार्यले बताउनुभयो ।
एमलेको दशौ अधिवेशनमा भित्ते लेखन र पर्चा पम्प्लेटहरुलाई निशेध गर्ने जनाउदै आएको छ । एमालेको दशौं राष्ट्रिय अधिवेशन आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने भएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया