घरHeadlineनेकपा गैंडाकोटको शुभकामना तथा चियापान कार्यक्रम सप्पन्न

नेकपा गैंडाकोटको शुभकामना तथा चियापान कार्यक्रम सप्पन्न


सुजन अधिकारी
गैंडाकोट,कार्तिक ४
नेकपा एमाले गैंडाकोटले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

गैंडाकोटमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज तथा प्रदेश सभासद तिलक महत प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै महतले संस्कृति र परम्परा सबैको साझा पर्व रहेको बताउदै एमाले अबका दिनमा एकढिक्का हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमका बिशेष अतिथी केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले संस्कृतिका धरोहरहरुलाई बलियो वनाउनुपर्ने बताउँदै आगमीदिनमा विभेदरहित नेपाल निर्माणमा लाग्न सम्पूर्णलाई आग्रह सहित संस्कृति र परम्परा लाई जोगेर्ना गर्न सिङ्गो पार्टी लाग्नु पर्ने भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष एवं प्रदेश सभासद रोशन गाह मगर ,गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेल लगायत दिपक अधिकारी,कृष्ण घिमिरे,यमुना प्रसाद नेउपाने लगायत नवलपुर जिल्लाबाट बाट प्रतिनिधित्व गर्ने प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,एमाले भातृ संगठनका नेता कार्यकर्ता समेतको कार्यक्रममा सहभागिता रहेको थियो ।
साथै सोही कार्यक्रममा नेत्र बिक्रम चन्द “बिप्लब” माओवादीका ए.सि.एम कृष्ण पराजुलीले आफ्नो पार्टी परित्याग गर्दै नेकपा एमालेमा आफू समाहित भएको घोषणा गरेलगत्तै कार्यक्रमका प्रमुख अतिथी लगाएतले अबिर लगाएर पार्टी प्रबेस समेत गराएका थिय ।
एमाले गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गैंडाकोटका सचिव जगन्नाथ पौडेलले कार्यक्रम को सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया