घरHeadlineबस भित्र पुरुष ब्यक्ती मृत अबस्थामा भेटिए

बस भित्र पुरुष ब्यक्ती मृत अबस्थामा भेटिए

दिपेन्द्र रेग्मी, असोज २७, कावासोती,


नवलपुरमा एक व्यक्ति बस भित्रै मृत अवस्थामा फेला परेका छन् । हिजो साँझ ६ बजे नेपालगञ्जबाट काठमाण्डौँकोलागि छुटेको भे १ ख ३१४७ नं. को डिलक्स बसमा सवार व्यक्ति नवलपुरको अरुणखोलामा आईपुग्दा बसभित्रै मृत भेटिएको प्रहरी चौकि अरुणखोलाले जानकारी दिएको छ ।
मृतक सुनसरी जिल्लाको ईटहरी बस्ने अन्दाजि ५० वर्षिय सुरज कार्की रहेको प्रहरीले बताएको छ । मृतक कार्कि भारतमा रोजगारीको लागि गई घर फर्किदैँ गरेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।
नेपालगञ्जबाट छुटेको बस नवलपुरको विनयीत्रिवेणी गाउँपालिका १, होङ्सी गेट नजिकै ट्वाईलेटको लागि रोकिएको र ट्वाईलेट गई फर्कने क्रममा अचानक लडे पछि कार्किलाई बसमा राखि बस चालकले आज बिहान करिब ४ बजे अरुणखोला प्रहरीलाई खबर गरेका थिए । मृतक कार्कि पहिले देखि नै बिरामि अवस्थामा रहेको पत्ता लागेको साथै उनको परिवार सँग समन्वय गर्ने कार्य भैरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया