दिपेन्द्र रेग्मी, असोज २७, कावासोती,
नवलपुरमा सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर बिरामी परेकाछन् ।
सर्पको टोकाईबाट बिरामी भएका कावासोती नगरपालिका १४ त्रिभुवनटार बस्ने ११ वर्षिय साजन रानाभाटको उपचारको क्रममा भरतपुर सरकारी अस्पताल, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
दुबैजनालाई हिजो घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारकोलागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएकोमा त्यहाँबाट भरतपुर रिफर गरिएको प्रहरीले बताएको छ ।
मृतक रानाभाटका हजुरबुवा ८२ वर्षिय खडक बहादुर रानाभाटको उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।