घरHeadlineकुमारवर्ती स्वास्थ्य चौकीको १४ कोठे भवन उद्धाटन

कुमारवर्ती स्वास्थ्य चौकीको १४ कोठे भवन उद्धाटन

अशोज २५, कावासोती
कावासोति नगरपालिका वडा नं. १७मा निर्माण गरीएको कुमारवर्ती स्वास्थ्य चौकीको आज प्रतिनिधी सभा सदस्य तिलक महतले एक कार्यक्रमका बिच उद्धाटन गर्नुभएको छ । १५ महिनामा निर्माण कार्य सक्ने गरी जिम्मा लिएको जे.जे जेभी निर्माण व्यावसायीले निर्माण कार्य जिम्मा लिएको स्वास्थ्य भवनको ७ महिनामा नै निर्माण सम्पन्न गरी गत अशोज २२ गते भवन हस्तान्तरण गरेको थियो ।
भ्याट रकम र पि.सि सहित ३ करोड ०६लाख ०१ हजार ४सय९०रुपैयाको कुल लागतमा १४ कोठे भवन निर्माण गरीएको कुमारवर्ती स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ड अमिर सुवेदीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय भवनको उद्धाटन भए सगै नव निर्मित भवनबाट आज देखी नै सेवा प्रदान गरीने स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ड सुवेदीले बताउनुभयो ।
भवनको गत माघ ८ गते कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्र कुमारी पुन र उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले सयुक्त रुपमा शिलन्यास गर्नुभएको थियो ।
भवन उद्धाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछाने, कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रा पुन, उप प्रमुख प्रेम शंकर मर्दनिया, वडा नं. १५का वडा अध्यक्ष देव नारायण महतो , स्वास्थ्य चौकीका पुर्व सचालक समिति अध्यक्ष एवम् सदस्यहरु , विभिन्न राजनैतिक दल एवम् संध संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम कावासोती नगरपालिकाका वडा नं. १७का वडा अध्यक्ष छविलाल महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया