असोज २१, कावासोती
जिल्ला नवलपरासी(पूर्व) कावासोती न.पा.१५ बस्ने होम नारायण बोटे र निजको श्रीमती वर्ष ४९ की मिना कुमारी बोटे माछा मार्न भनि गत असोज १९ गते नारायणी नदीमा गएकोमा बिचभागमा बालुवा थुप्रिएको ठाँउमा डुङगाबाट झरी खोला तर्ने क्रममा मिना कुमारी बोटे हराई बेपत्ता भएकी थिईन ।
बेपता बोटे खोज्ने क्रममा असोज २० गते कावासोती न.पा. १७ अमलटारीघाट मा शव फेला परेका कोल्हुवा प्रहरी चौकीका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो ।