घरHeadlineवडादशैको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै

वडादशैको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै

आश्विन २१ ग्ते बिहिबार
२०७८
नेपालीहरुको महानपर्व विजयादशमीको पहिलो दिन आज घटस्थापना । आजको दिन घर तथा मन्दिरहरुमा जमरा राख्नुका साथै कलश स्थापना गरिन्छ ।आजैबाट नवरात्री सुरु भएको छ । आज बिहानै शरीर शुद्ध गरी नदी, खोलाको छेउबाट चोखो बालुवा वा पञ्चमाटो ल्याई घरको पूजाकोठा वेदी बनाएर त्यसमा जौको जमरा उमारिन्छ ।
आज पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।
‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ’–धर्मशास्त्रविद्हरु बताउँछन् ।
देवीलाई जौ(यव) को जमरा सबैभन्दा मनपर्ने वनस्पती भएको विश्वासमा दशैंमा टिकासँगै जमरा लगाइन्छ । जमरालाई शितलताको प्रतीकका रुपमा लिइन्छ । शिरमा लगाइएको जमराले मानसिक शान्ति समेत मिल्ने विश्वास छ ।
घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाको दिनदेखि नवमीसम्म नवदुर्गाको पूजा तथा साधना गरिन्छ, शङ्ख, डमरु, घण्टी आदि बजाएर दुर्गासप्तशती, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि पाठ गरिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि दिनु अनिवार्य रहेको शास्त्रीय विधानमा उल्लेख गरिएको छ

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया