घरHeadlineनवलपरासी पश्चिम प्रहरीद्धारा ८ लाख ५९ हजार ६ सय ३० मुल्य...

नवलपरासी पश्चिम प्रहरीद्धारा ८ लाख ५९ हजार ६ सय ३० मुल्य बराबरको अवैध मालसामान बरामद

आश्विन १८, सोमबार
नवलपरासी (पश्चिम) प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको ८ लाख ५९ हजार ६ सय ३० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
गाडीको डिक्कीमा लुकाई छिपाई राखेको अवस्था बिभिन्न किसिमको तामाको भाडा २ बोरा, कुखुराको लागी प्रयोग हुने त्ष्बmगष्लिभ जथमचयनभल ागmबचबतभ डण्५नामक औषधी ३५ डब्बा एजभलथदिगतबशयलभ ष्।उ।द्दण्ण्mन नामक औषधी ९५ प्याकेट लगायतका सामानहरु अन्दाजी ६ लाख ७७ हजार मुल्यबराबरको ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट
नगरपालिका वडा नं.४ टि.सि.एन चोकमा चेकजाँचको क्रममा गाडीको डिक्कीमा
वेवारिसे अवस्थामा फेला परेको हो ।
त्यसैगरी अवैध रुपमा भन्सार छली अवैध रुपमा ल्याउदै गरेको साधारण बल्ब ६०० पिस, स्टिलको गिलास ९००पिस ,अन.अफ.स्विच ८० पिस ,एम.सी. २४ पिस, र होल्डर ३० पिस ईलेक्ट्रोनिक सामानहरु अन्दाजी १ लाख ४३ हजार ९ सय मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं.३ कुस्मा स्थितबाट स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
त्यसैगरी भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको सुट १७ थान, तन्ना ६ थान, दोपट्टा ३४ पिस साडी १ थान, चिनी १ क्विन्टल, नरिवल २ के.जी, बिष्कुट३ पोका, चिजबल ७२ पिस, लेस २८ पिस, मिठाई २ पोका र कफी मिठाई८ कार्टुन अन्दाजी ३८ हजार ७ सय ३० मुल्य बराबरको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.४ स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए । बरामद गरिएका उल्लेखित सम्पुर्ण मालसामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया