
अशोज १४, कावासोती
शिक्षा संकृति विज्ञान प्रविधी तथा सामजीक विकास मन्त्रालय गण्डकी प्रदेश अन्र्तगतको पुर्वी नवलपरासीमा कार्यालय सदरमुकाम कावासोतीमा आज उद्धधाटन गरीएको छ ।
गण्डकी प्रदेश सामाजीक विकास मन्त्री मेखलाल श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धधाटन गर्नु भएको छ । उद्धधाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठलेआवश्यक्ता र औचित्यको आधारमा मन्त्रालयले समानुपातिक रुपमा बजेट विनियोजन गर्ने बताउनु भयो । उहाँले अन्य जिल्लाहरुमा जिल्ला शिक्षा इकाई समन्वयको कार्यालयहरुमा नै कार्यालय स्थापना गरीएको भएपनी नवलपुर जिल्ला आफैमा कान्छो जिल्ला रहेको र सरकारी कार्यालयको भवन समेत नभएकोले नवलपुरबासीलाइृ सेवा , सुविधा प्रदान गर्न भाडामा लिई कार्यालय स्थापना गरीएको बताउने भयो ।
मन्त्री श्रेष्ठले कार्यालयका प्रमुख सहित अन्य कर्मचारीहरुलाई कुनै पनी नागरीको गुनासो नआउने गरी कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भयो । मन्त्री श्रेष्ठले यो कार्यालय जन्मदिने आमा बुबा सरहका बृद्ध बृद्धा, अपाङ्ग , बालावालीकाको सेवा गर्ने कार्यालय भएकोले सेवाको भावनाले कार्य गर्न निर्देशन दिनुभयो ।
उद्धाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछानेले बर्तमान प्रदेश सरकार सडक सरकारमा गएको र सरकारमा जान साथ सदनमा बजेट पेश गर्नुपर्ने भएकोले वर्तमान सरकारले आफुले चाहे अनुसार भौगोलक विकटताका आरमा बजेट निर्माण गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले नवलपुर जिल्ला कान्छो जिल्ला हुनुको साथै भौगोलीक अवस्थाको आधारमा सामाजीक विकास मन्त्रालयले नवलपुरमा काम गर्नुपर्ने बताउनु भयो साथै उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि बजेट अभावमा कार्य गर्न नसक्ने भन्दै पन्छिन नमिल्ने बताउदै दातृ निकाय सग हातेमालो गरेर भएपनि आवश्यक्ता अनुसारको बजेट छुट्याउन आग्रह गर्नुभयो ।