घरHeadlineनवलपुरको गैडाकोटका दुई बालबालिका ओछ्यानमै मृत भेटिए

नवलपुरको गैडाकोटका दुई बालबालिका ओछ्यानमै मृत भेटिए

असोज ६, कावासोती,
नवलपुरको गैँडाकोटका दुईजना बालबालिका ओछ्यानमै मृत भेटिएका छन् ।
अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गैडाकोट १४ अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ बर्षीय छोरी सृष्टी सापकोटा सुतिरहेकै अवस्थामा मृत भेटिएको हो ।
अघिल्लो दिन साँझ खाना खाएर आमासँगै सुतेको र मंगलबार बिहान अबेरसम्म नउठेपछि आमाले उठाउँदा बालिका मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।
प्रहरीले घटना स्थल सुरक्षित राखी अनुसन्धान थालेको छ । बालिकाको शब भरतपुर अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको गैडाकोट प्रहरीले जनाएको छ ।
त्यस्तै गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ को आयुष बि.क. को पनि निधन भएको छ ।
खाना खाई सुतेका बालकले राति अचानक पेट दुखेर विरामी भएपछि उपचारका लागि पश्चिम क्षेत्री अस्पताल पोखरा लगिएकोमा उनको उपचारकै क्रममा राति नै निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । बालकको शब आफन्तले बुझेका छन् । दुवैको मृत्युको कारण खुलेको छैन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया