घरHeadlineहुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले स्थानियलाई सास्ति

हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले स्थानियलाई सास्ति

असोज ४, हुप्सेकोट,
नवलपुरको हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा पहिरो गएको लामो समय हुँदा पनि पहिरो पन्छाउन पहल नभएको स्थानियले बताएका छन् ।
बर्षाका कारण पहिरो जाँदा हुप्सेकोट गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने विभिन्न गाउँका वासिन्दाले सास्ति खेप्नु परेको हो ।
वडा नं. ४ को शंखदेव तर्फ चुवाडीधारा, मन्दिर टोल देखि झोलुङ्गे पुल सम्मको बाटो, वडा कार्यालयदेखि ग्याँधिघोल हुँदै शिक्षा बोधनि जाने बाटो, झाँके, कुटे, अमलाभञ्याङ् लगायतका स्थानमा गएको पहिरो नहट्दा स्थानियलाई समस्या भएको हो । स्थानियले छिटो पहिरो हटाईदिन समेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
लर्ड बुद्ध सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल बिमल चापागाईँले बाटो अवरुद्ध हुँदा गाउँमा एम्बुलेन्स समेत लैजान समस्या भएको भन्दै यसतर्फ संम्बन्धित निकायले ध्यान नदिएको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष रोशन थापाले भने झ्यालबासबाट रुम्सि जाने बाटोमा गएका पहिरो हटाईसकिएको र तल्लो भेगको बाटो पनि सफा गर्ने योजना रहेकोमा वडासँग बजेट अभाव हुँदा समस्या परेको बताउनुभयो । वडा सँग सरसफाई सिर्सकमा ३ लाख बजेट भएको तर समिति निर्माण गरेर समितिको बैठकले निर्णय लिनुपर्ने भएकोले त्यसो हुन नसक्दा भएको बजेट खर्च गरेर काम गर्न समेत नपाएको बताउनुभयो ।
उहाँले आज मात्रै गाउँपालिले शंखदेव तर्फ डोजर पठाएको थाहा पाएको तर आँफु सँग पालिकाले समन्वय नगरेकोले कहाँको पहिरो हटाउन गएको भन्ने जानकारी नभएको बताउनुभयो ।
तर गाउँपालिकामा केहिदिन अघि सम्पन्न कार्यपालिका बैठकले बाटो सफा गर्ने कार्यलाई दु्रतगतिमा अघि बढाउने निर्णय गरिसकेकोले छिट्टै आवतजावतमा सहजता आउने वडाध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया