
अशोज २,कावासोती
७अौ संविधान दिवस मा सर सफाई मध्यबिन्दु जिल्ला अस्पताल र रोटरी कावासोतीले मध्यविन्दु जिल्ला अस्पतालमा सरसरफाइृ कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारले ३ दिन सम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउन आग्रह गरे सगै रोटरी क्लव कावासोतीले जिल्ला अस्पताल सरसफाई कार्यक्रम आयोजना गरेको क्लवका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले जानकारी दिनुभयो ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिनको सम्झना स्वरुप हरेक बर्षको अशोज ३ गतेलाई संविधान दिवसको अवसरमा मनाउने गरीन्छ ।