घरHeadlineमनै देखी 'म सेवा गर्छु' भन्ने भावनाका साथ काम गर्नु पर्छ :...

मनै देखी ‘म सेवा गर्छु’ भन्ने भावनाका साथ काम गर्नु पर्छ : गर्भनर भट्ट

सागर पोख्रेल
कावासोती, भाद्र २८
डिष्ट्रीक गभर्नर लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि टु का अध्यक्ष पिएमजेएफ राम प्रसाद भट्टले मानवताको सेवा गर्दा लायन्स क्लवले आत्मसाथ गरेको म सेवा गर्छु भन्ने भावनाबाट काम गर्नु मुख्य सामाजीक उत्तरदायित्व वहन गरेको हुने बताउनु भएको छ ।
गभर्नर भट्टले आज नवलपुर क्षेत्रमा रहेका १६ बटा लायन्स क्लवको सयुक्त रुपमा परीचय तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
गर्भर्नर भट्टले मानविय सेवा अन्य व्यक्तिको करकापबाट भन्दा आफ्नै मन देखी नै सेवा गर्छु भन्ने भावनाको साथ सेवा गर्दा आत्म सन्तुष्टिु हुने बताउनु भएको छ ।
अन्य क्षेत्रमा कार्य गर्दा लक्षितबर्गले पुरा सेवा प्राप्त गर्न सके सकेन्न भन्ने पुर्ण ज्ञान नहुने तर लायन्स मार्फत सेवा गर्दा आफै प्रत्यक्ष लक्षित बर्ग सग सम्पर्क र सहकार्य गरीने भएकाले समेत लायन्सले मसेवा गर्छ भन्ने उदेश्यका साथ लायन्स क्लव मार्फत कार्य गर्दै आईरहेको बताउनु भयो ।
आज नवलपुर जिल्लाको रजहर देखी दुम्कीवास सम्म रहेका १६ बटा क्लवको परीचय तथा पदास्थापन कार्य सम्पन्न भएको छ । कार्यक्रममा गभर्नर भट्टले समाजमा उत्कृष्ट सेवा गरे वापत नवलपुर क्षेत्रका १ दर्जन क्लवका बर्तमान तथा पुर्व अध्यक्षहरुलाई गर्भर्नर पिनद्धारा सम्मान समेत गर्नुभएको थियो ।
विपतमा लायन्स भन्ने उदेश्यका साथ लायन्स क्लवले कोभिडको समयमा रजहरमा रहेको अस्थायी कोरना अस्पतालमा स्वास्थ्य सामग्री र दोस्रो कोरोना कहरमा मध्यविन्दु जिल्ला अस्पतालमा अक्सीजन कन्सन्टे«टर सहित स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको थियो ।
यस्तै नवलपुर क्षेत्रमा रहेका लायन्स क्लवहरुले रक्तदान, बाढी पहिरो पिडित परीवारलाई राहात सामाग्री हस्तान्तर गर्दै आई रहेको छ भने गैडाकोटमा लायन्स भिलेज स्थापना गरी कार्य गर्दै आईरहेको छ ।
कार्यक्रममा एरिया ३ का पदाधिकारी, जोन चियर पर्सन, लगायत पुर्व लायन्स क्लवका अध्यक्षहरु सहित १६ बटै क्लवका अध्यक्ष एवम् पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
परीचय तथा पदहस्तान्तरण कार्यक्रम लायन्स मनी गूरुङको सभापतीत्व तथा लायन्स सागर पोख्रेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राहिफल
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया