भाद्र २१, कावासोती
एक पान एक खोपको माग गदै आएको नवलपुर उद्योग वाणिज्य संघले नवलपुरका करिब १००० व्यापारीलाई आज कोभिड १९ बिरुद्धको पहिलो खोप चरणको खोप लगाएका छ ।
जिल्ला प्रशासन कार्यालय, नवलपुर कावासोती नगरपालिका , जिल्ला स्वस्थ्य कार्यालय नवलपुर सगको सहकार्यमा नवलपुर उद्योग बाणिज्य संधमा आवद्ध भएका उद्योगी व्यापारीहरुलाइ एक पान एक खोप उपलब्धता भन्ने उद्येश्यका साथ कापवासोती २ स्तिथ शिवमन्दिर स्वास्थ्य चौकिमा दुई दिन लगाईने खोपमा आज मात्र ९७५ जनाले कारोना बिरुद्धको पहिलो खोप लगाएका नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले जानाकारी दिनुभएको छ । कावासोती नगरपालिकामा आवद्धसबै उद्योगी व्यापारी र व्यापारीक प्रतिष्ठामा कार्यरत कर्मचारीहरुलाई भोलि अतार्थ भदौ २२ गते पनि लगाईने हुदा समैयमा नै कोभिड १९ बिरुद्धको खोप लगाउन अध्यक्ष पोख्रेलले सबै उद्योगी व्यापारीहरुलाई आग्रह गनुभएको छ ।
खोप लगाउन आउदा आफुले संचालन गरेको व्यावसायको पानको प्रतिलिपी वा नवलपुर उद्योग बाणिज्य संघको सदस्यताको प्रमाण पत्र प्रतिलिपी लिएर खोप केन्द्रमा उपस्थित हुन आग्रह गरीएको छ भने व्यापारीक प्रतिष्ठामा कार्यरत कर्मचारीहरुलाई सम्वन्धित उद्योग प्रतिष्ठानको परिचय पत्र अनिवार्य लिएर उपस्थित हुन आग्रह गरीएको छ ।