भदौ १२ गते, कावासोती
हुप्सेकोट गाउँपालिकाले अविरल वर्षा पछिको पहिरोले गिरुबारी खोला र पत्थर खोलाको मुहान आसपास क्षेत्रमा खोला थुनिएर ताल बनेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हुप्सेकोट–४ रुम्सीमा गिरुबारी खोलाको मुहान राते खोलामा पहिरो खसेर खोला थुनिदा ताल बनेको गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डेले बताईन । थुनिएर ताल बनेको राते खोला तल आएर गिरुबारी खोलामा मिसिने हुँदा ताल फुटदा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सूचना जारी गरिएको पाण्डेले बताईन ।
खोला थुनिएर ताल बनेको स्थानमा पुग्न २ देखि ३ घण्टा सम्म लाग्ने बताउदै आफू सहितको गाउँपालिकाको टोलि सो स्थानमा जान लागेको बताईन ।
खोला थुनिएको स्थानमा पुग्न अविरल वर्षाको कारणले पनि कठिन भएकाले खोला थुनिएर कत्रो ताल बनेको छ एकिन नभएको पाण्डेले बताईन ।
त्यसै गरि पत्थर खोलाको मुहानमा पनि पहिरो खसेको पाण्डेले बताईन । पत्थर खोलाको मुहानमा पनि पहिरो खसेर ताल बनेको तर गिरुबारी खोलामा जोखिम बढी भएको पाण्डेले बताईन ।
राते खोला र घिरौला खोला तल आएर गिरुबारी खोलामा मिसिने हुदाँ सतर्कता अपनाउन र खोला आसपास कुनै गतिविधि नगर्न भन्दै गाउँपालिकाले सूचना निकालेर सर्वसाधारणलाई आग्रह गरेको छ ।