
भाद्र ११, कावासोती
कावासोती नगरपालिकाको वडा नं. १७ गोरस्वती स्थित पत्थर खोलामा २ बर्ष पहिला निर्माण गरीएको झलुङ्गे अिजो देखी आएको अविरल बर्षका कारण पत्थर खोलामा बाढी आए सगै झलुङ्गे पुल बगाएको छ ।
संधिय सरकारको आर्थिक सहयोगमा ४२ लाखमा निर्माण गरीएको उक्त झलुङ्गे पुल २ बर्ष पहिला निर्माण कार्य सकिएको थियो । हिमालयन सामुदायिक विकास मंच मार्फत संधिय सरकारको बजेटबाट निर्माण गरेको थियो ।
स्थानीय कोशीराम महतोका अनुसार झलुङ्गे पुलको तल सिचाईको लागी बाध बाद्दा पानीको बहव रोकीन जादा झलुङ्गे पुल बगाउन पुगेको बताएका छन । महतोले सिचाईको लागी पक्कि ढलान गर्दा पानीको बहाव रोकिदा गाँउमा समेत पानी पस्न पुग्दा कावासोती नगरपालिका वडा नं. १७ मा रहेको त्रिभुवन बाल मा. वि. को मन्टेश्वरी कक्षा संचालन गरीएको विद्यालयमा समेत पानी पस्न पुगेको बताए ।
विद्यालयका प्रध्यानाध्यापक दिपक घिमिरेका मन्टेश्वरीमा पढ्ने बालबालिकाको लागि रु १५ लाखमा खरीद गरीएको खेलकुद सामाग्री र अध्यान सामग्री समेत बाढीले बगाएको जानकारी दिनुभयो । घिमिरेका अनुसार राष्ट्रपति शौक्षिक सुधारको १८ लाखको २ कोठे भवन निर्माण कार्य राष्ट्रपति शौक्षिक सुधार अन्र्तगतको निर्माणधिन अवस्था रहेकोले ५० बोरा सिमेन्ट भिजेको र छड बगाएर लगेको जानकारी दिनुभयो ।
झलुङ्गे पुल निर्माण भए सगै स्थानियहरुलाई घाँस दाउरा गर्न नजीकैको जंगल क्षेत्रमा आवत जावत गर्न , स्थानीय डण्डा बजार आवत जावत सगै पुर्व पश्चिम राजमार्ग जान समेत सहज भएको थियो । ले सहजताको अनुभुती गरेका थिए ।