घरHeadlineकैद सजाय तोकिएका अभियुक्त २२ वर्ष पछि पक्राउ

कैद सजाय तोकिएका अभियुक्त २२ वर्ष पछि पक्राउ

भाद्र ८, परासी
पश्चिम नवलपरासी प्रहरीले २२ वर्ष पछि फरार एक जना अभियुक्त पक्राउ गरेको छ । २०५६ साल माघ १९ गते नवलपरासी जिल्ला अदालतबाट एक वर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएका बर्दघाट नगरपालिका–१४ बस्ने साहेव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

साविक दाउन्ने गा.वि.स. वडा नम्बर ५ निवासी चौधरीलाई सवारी ज्यान मद्धामा कैद सजाय सुनाइएको थियो । फरार रहेका उनलाई रामग्राम नगरपालिका वडा नम्बर ११ बाट भदौ ४ गते पक्राउ गरिएकोमा आइतबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

चौधरीलाई आइतबार नै अदालतमा उपस्थीत गराएको र उनलाई कैद भुक्तानीका लागि अदालतले कारागार चलान गरेको डिएसपी लामाले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया