घरHeadlineपोखराका दुई जना लागु औषध सहित नवलपुरमा पक्राउ

पोखराका दुई जना लागु औषध सहित नवलपुरमा पक्राउ

भाद्र ०८, कावासोती
जिल्ला प्रहरी कार्यालय नवलपुरले लागु औषध सहित पोखराका २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पुर्वी नवलपरासी कावासोती नगरपालिकाको १६ चालिस किलो जंगलमा चेकजाचँको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा पूर्व तर्फ आउदै गरेको बा ४ ख ६७७०नं.को बसमा सवार कास्कि पोखरा महानगर पालिका ९ बस्ने वर्ष २३ को आशिष गुरुङ र सोही स्थान बस्ने वर्ष १९ की मेनुका परियारको साथबाट नुफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल लागु औषध सहित उनिहरुलाई नियन्त्रणमा लिइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया