घरHeadlineकोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ३ सय १५ जना पोजेटिभ

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ३ सय १५ जना पोजेटिभ

२०७८ भाद्र ६ गते

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार १० जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय १५ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।
रिपार्ट आएका मध्ये कास्कीका १ सय ७३, तनहुँका २३, गोरखाका ४७, लमजुङका १७, नवलपुर १७, स्याङ्जाका २३, पर्वतका १, बागलुङका १३ र म्याग्दीका ५ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शनिबारमात्रै गण्डकीमा थप ६ जनाको मृत्यु भएको निर्देशनालयकाले जनाएको छ ।
साथै देशभर पछिल्लो २४ घन्टामा १ हजार ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ७ सय ३ आरटी पिसिआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, ५ हजार ३ सय ७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९ सय १२ पुगेको छ । संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै १० हजार ४ सय ८५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया