घरHeadlineबागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त

एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।
यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया