खगेन्द्र पराजुली,
३१ साउन, नवलपुर ।
कोरोना संक्रमित कावासोतीका ४० बर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ५ का ४० बर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुरमा शनिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
साउन २० गते निमोनिया सम्वन्धी समस्या भई मध्यविन्दु जिल्ला अस्पतालमा पुगेका ति पुरुषको पिसीआर परिक्षण गर्दा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
२५ गते उपचारका लागि पुरानो मेडिकल कलेज पुगेका उनको कोभिड आईसीयु कक्षमा उपचाररत रहेकोमा गएराती नौ बजे मृत्यु भएको जनाईएको छ ।
यो सहित कावासोती नगरपालिकामा मात्रै बैशाख १ गते यता कोरोनाका कारण ४९ जनाले ज्यान गुमाएका छन् ।