घरHeadlineकावासोतीमा बस पल्टदा १७ जना घाईते, ४ जनालाई भरतपुर रेफर

कावासोतीमा बस पल्टदा १७ जना घाईते, ४ जनालाई भरतपुर रेफर

नवलपुरको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ ।

अरू घाइतेहरु मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार पछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया