घरHeadlineराप्रपाका लिङ्देल र धवलशमशेर कावासोती आउने

राप्रपाका लिङ्देल र धवलशमशेर कावासोती आउने


२७ साउन, नवलपुर ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं नवलपुरका नेता स्वर्गीय बलराम थापामगरको तेह्रौं पुण्यदिनको तिथिमा भोली बिहिवार राप्रपाका केन्द्रीय नेता राजेन्द्र लिङ्देल र धवलशमसेर जवरा कावासोती आउने भएका छन् ।
काठमाण्डौंमा उपचारका क्रममा निधन भएका थापामगरलाई श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल परिवारलाई समवेदना सहित भेटघाट गर्न तेह्रौं दिनमा थापामगरकै निवासमा नेताहरु आउने कार्यक्रम तय भएको राप्रपा नवलपुर जिल्ला कार्य समितिले जनाएको छ ।
५९ बर्षीय थापा मगरको साउन १६ गते काठमाण्डौमा निधन भएको थियो । उनको पार्थीव शरीरको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्ठीमा पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवौं दिनको पुण्यतिथिमा पार्टी अध्यक्ष कमल थापा लगायतका नेताहरु स्वर्गीय बलराम थापाको निवासमा पुगेर समवेदना प्रकट गरेका थिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया