२७ साउन, नवलपुर ।
नवलपुरको कोल्हुवामा रहेको एक काठ चिरान मिलमा आगोलागी भएको छ । मंगलवार राती अन्दाजी सवा नौ वजेको समयमा आगोलागी भएको हो । मध्यविन्दु नगरपालिका वडा नं. १ ध्वजमान चोकमा रहेको छविलाल बिष्टको काठ चिरान मिलमा आगोलागी भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बिद्युत लाईन सर्ट हुँदा अचानक आगोलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । मानवीय तथा चौपाया क्षति नभए पनि उद्योगमा रहेको सामग्रीहरु जलेर भौतिक क्षति भएको छ ।
ठुलो पलङ ५ सेट, सानो पलङ २ सेट, थ्री पिस दराज २ वटा, वान पिस दराज २ वटा प्लाईबोर्ड – १५० थान, ६. प्लाष्टिकका कुर्ची ५ वटा र बा.प्र.३–०३ प १९९७ नं.को स्कुटर पूर्ण क्षति भएको प्रहरीको विवरणमा उल्लेख छ भने लु ३३ प ९३५७ नं.को मोटरसाईकलमा सामान्य क्षति भएके जनाएको छ ।