खगेन्द्र पराजुली,
२३ साउन, नवलपुर ।
देवचुली उद्योग बाणिज्य संघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई आज एक कार्यक्रमकाकीच स्वागत तथा बधाई ज्ञापन गरेको छ । गैंडाकोटपछि देवचुलीको उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा संघका अध्यक्ष रेशम सापकोटाले समग्र प्रदेशको राजश्व संकलनमा करीव ५० प्रतिसत योगदान दिने नवलपुर प्रदेश सरकारबाट उपेक्षित भएको महशुस भएको गुनासो गरे । अध्यक्ष सापकोटाले कोभिडका कारण जिल्लाका सबैखाले उद्योग–ब्यवसाय रुग्ण अवस्थामा पुगेकाले ब्यवसायीको संरक्षणमा प्रदेश सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । यस्तै अवस्था रहिरहे ब्यवसायी बिस्थापित हुने स्थिति आउनसक्ने संकेत गरे । उनले यो महामारीमा ब्यवसायीले पनि फ्रण्टलाईनर सरह उपभोक्ताको दैनिक आवश्यकतामा सेवा प्रवाह गरेकोले छिटोभन्दा छिटो खोपको सुनिश्चिता गरिदिन आग्रह गरे ।
जिल्लाकै सबैभन्दा पुरानो, छोटो र सजिला पहाडी नाकाको रुपमा रहेको दलदले–कुमसोत बाटो स्तरोन्नतिमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।