घरHeadlineकावासोतीका एक संक्रमितको मृत्यु

कावासोतीका एक संक्रमितको मृत्यु


२० साउन, नवलपुर ।
कावासोतीका थप एक कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. २ का ५७ बर्षीय पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
साउन १० गते निमोनिया सम्वन्धी समस्या भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पुगेका ति पुरुषको सोही दिन भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
१२ साउनमा चितवनको नयाँ मेडिकल कलेजमा कोभिड आईसीयु कक्षमा राखेर उपचार भैरहेका ति पुरुषको मंगलवार बिहान मृत्यु भएको नवलपुर प्रहरीले जनाएको हो ।
शव आर्मीले बुझि भरतपुर महानगरपालिका वडा नं. १ बागेश्वरी जंगलमा व्यवस्थापन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया