१९ साउन, नवलपुर ।
कावासोतीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ की ८५ बर्षीया बृद्धाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आईतवार स्वासप्रश्वासमा समस्या भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकी ति बृद्धाको सोही दिन भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा ति बृद्धा महिलाको गएराती सवा नौ वजे मृत्यु भएको अस्पताललाई उधृत गर्दै प्रहरी कार्यालयले जनाएको हो ।
ति बृद्धाको शव अन्तिम संस्कारका लागि गएराती नै आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।