१९ साउन, नवलपुर ।
भन्सार छलेर लैजादै गरेको अवैध कपडा नवलपुर प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किवासको सडक चेकजाँच टोलीले अन्दाजी १ लाख ७८ हजार मुल्य बराबरको ३६ प्रकृतिका सामान बरामद गरेको हो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित पूर्वपश्चिम मुख्यमार्गको होङ्शी गेट अगाडिबाट प्रहरी सहायक निरिक्षक टेकलाल डुम्रेको नेतृत्वमा खटिएको टोलीले ना २ ख ३५७४ नं. को बसमा चेकजाँच गर्ने क्रममा अवैध र वेवारिसे सामान बरामद गरेको हो ।
कसैले आफ्नो नभनेपछि र कुनै पनि सामान खरिदबिक्रीको कुनै पनि कागजात नरहेकाले बेवारिसे अवस्थाको कपडा रहेको ठहर गरि बरामद गरिएको प्रहरीले जनाएको हो ।