घरHeadlineनवलपुरमा कांग्रेस जिल्ला सचिवमा ६ जना आकांक्षी

नवलपुरमा कांग्रेस जिल्ला सचिवमा ६ जना आकांक्षी

श्रावण १९, मंगलबार २०७८
नवलपुर
नवलपुरबाट आगामी अधिवेशनमा जिल्ला सचिवका लागी ६ जनाले आकांक्षी देखिएको छन् । नवलपुरबाट पार्टीको जिल्ला सचीव बन्नका लागि पुराना देखि नयाँ अनुहारहरु वडादेखि केन्द्र सम्मकै गुटगत तथा व्यक्तिगत लविङ शुरु भइसकेको छ ।
जिल्ला सचिव बन्नका लागि करिब आधा दर्जन नेताले लविङ सुरु गरेका छन् । जिल्लामा सचिव बन्नका लागि ६ जना दाबेदारी प्रस्तुत गरेका छन् । संघीयत क्षेत्र न ः२ वटा रहेको नवलपुर जिल्लाको उल्लेखित ६ जना मध्य ५जना क्षेत्र नः १ बाट र क्षेत्र नः २ बाट एक जना मात्र श्रीधर शर्मा रहेका छन यो भने भौगोलिक सन्तुलनको दृस्टिकोणले चर्चाको बिषय बनेको छ ।
जिल्ला सचिवमा उम्मेदारीको आकांक्षा देखाउनेहरुमा बीपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश उपाध्यक्ष करुणा सागर सुवेदी , महाधिवेशन प्रतिनिधि श्रीधर शर्मा , जिल्ला सल्लाहकार महेन्द्र पोखरेल , जिपि फाउन्डेसन नेपाल नवलपुरका संयोजक झपेन्द्रश्वर भुषाल, जिल्ला सदस्य होमराज रानाभाट, महासमिती सदस्य कपिलदेव भुसालको नाम चर्चामा छन् ।
त्यस्तै जिल्ला सभापतिमा कांग्रेस संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको छ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया