गंगा विश्वकर्मा
चोरमारा

कक्षा १२ को वार्षीक परिक्षामा यस वर्ष नवलपरासी पूर्व नवलपुर जिल्लाबाट पाँच हजार पाँच सय बढी विद्यार्थी सहभागी हुदै छन् । साउन ३१ गतेदेखी सञ्चालन हुने कक्षा १२ को वार्षीक परीक्षामा नवलपुर जिल्लाबाट पाँच हजार पाँच सय ४२ जना परिक्षार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो ।
पोखरेलका अनुसार नवलपुरमा कक्षा १२ सम्म अध्यापन गराउने विद्यालय ६२ वटा रहेको छन् । ६२ वटा शैक्षिक संस्था मध्ये सबै भन्दा बढी कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसबाट विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागि हुदैछन् । मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीबाट ६ सय ५० जना विद्यार्थी यस परिक्षामा सहभागि हुने पोख्रेलले बताउनुभयो । 
यस वर्ष परिक्षार्थीहरुले आफु अध्ययन गरेको विद्यालयबाट भौतिक रुपमा उपस्थित भएर परिक्षा दिनेछन् । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको अवस्थामा विद्यार्थीहरुलाई पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक रुपमा परिक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । विद्यालयहरुमा अन्य शैक्षिक क्रियाकलापहरु नभएको अवस्थामा विद्यार्थीहरुलाई भौतिक दुरी कायम गरि स्वास्थ्य मापदण्डको पालना गर्दै परिक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो । 
अहिले त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न तहको परिक्षा समेत सञ्चालन भइरहेको छ । 

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया