साउन ०९, कावासोती
नेपाल कम्युनिष्ठ पाटी (नेकपा)लाई सम्मानीत अदालतले दुई भिन्न भिन्न दलको मान्यता दिए सगै औपचारीक रुपमा नेकपा एमाले र माओवादी केन्द्र विच विभाजन भए सगै पुर्वी नवलपरासी ( नवलपुर) मा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार (आज) उद्घाटन गरेको छ ।
शनिबार कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजन पछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।
माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा शर्माले नेपाली कम्युनिष्ट आन्दोलन यति बेला जटिल अवस्थामा आएको बताउँदै पुन ईमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए ।
यसैबीच नेकपा माओवादी केन्द्रले शनिबार नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको आठौं स्मृति कार्यक्रम कावासोतीमा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपुरको आयोजनामा कार्यक्रम भएको हो ।