साउन ०९, कावासोती
पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १४ मा बेवारीसे अवस्थामा ग्रिनेट बम फेला परेको छ । कावासोती–१४का कृषकहरुले खेतमा पानी लगाउन डन्जेर खोलामा बाध लगाउने क्रममा सेउला काट्ने क्रममा झाँडी भित्र ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।
ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले शुरक्षा दिएका छन । ग्रिनेट कतीको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन । अरुणखोलामा रहेको झाल्टुङ डाँडाबाट ग्रिनेट बम डिस्पोजका लागी टोली अहिले घटना स्थलमा आइ सकेको स्थानियले सामथ्र्यलाई जानकारी दिएका छन ।
अहिले ग्रिनेट बम डिस्पोजको तयारी भईरहेको स्थानियले जानकारी गराएका छन ।