घरHeadlineगण्डकीका अर्थमन्त्री पहिलो निर्णय‚ फ्रन्टलाइनरको प्रोत्साहन गर्न एक करोड विनयोजन

गण्डकीका अर्थमन्त्री पहिलो निर्णय‚ फ्रन्टलाइनरको प्रोत्साहन गर्न एक करोड विनयोजन

गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुको प्रोत्साहन गर्न एक करोड विनियोजन गर्ने पहिलो निर्णय गरेका छन्।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई प्रोत्साहन गर्न उक्त रकम विनियोजन गरेको मन्त्री बरालले बताए।
जेठ २९ मा कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बने पनि मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। गत बिहीबार गठबन्धन दलहरूबीच शक्ति बाँडफाँडको कुरा मिलेपछि शुक्रवार नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको थियो। मन्त्री बरालले पनि शुक्रवार शपथ लिएपछि मन्त्रालयको कार्यभार सम्हाल्दै उक्त निर्णय गरेका हुन्। त्यस क्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै खुबी, क्षमता, दक्षता र सृजनशीलताको आवश्यकता अनुरूप कार्यान्वयन गर्न र समयमै काम सम्पन्न गर्ने दायित्व वहन गर्नुपर्नेमा जोड दिए।
जुन ठाउँमा जे कुराको आवश्यकता परेको हुन्छ सोहीअनुसार योजना तयार पारेर कार्यान्वयन गर्न सरकार र मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने बताउँदै उनले कर्मचारीहरूलाई ढुक्क भएर आवश्यकताको आधारमा योजना कार्यान्वयन गर्न सबैलाई अनुरोध गरे।
अर्थका श्रोतहरूमा ध्यान केन्द्रित गर्ने गरी पुँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाइ छ। पुँजीगत खर्च गर्न नसकेको हालको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने गरिने मन्त्री बरालले बताए।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया