घरHeadlineकावासोतीबाट तास खेल्दै गरेका ६ जना पक्राउ

कावासोतीबाट तास खेल्दै गरेका ६ जना पक्राउ


४ साउन, नवलपुर ।
नवलपुर प्रहरीले कावासोतीबाट तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको छ । आइतवार दिउँसो वडा नं. ३ को अठ्ठाईसबिगाहा भन्ने ठाउँमा स्थानीय शोभा विकको घरमा तास खेलिरहेका ६ जनालाई १९ हजार २ सय ८५ रुपैंया नगद र एक बट्टा तास सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नवलपुर प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा सोही ठाउँकै ३५ बर्षका शेरबहादुर बिक, ३४ बर्षका लालबहादुर बिक, २९ बर्षका सुरज सुनार, ३० बर्षका लालबहादुर बिक नाम गरेका अर्का युवक, ३१ बर्षीय युवराज गैरे र बर्ष ३० को सूर्य बिक रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया