घरHeadlineआज साउने संक्रान्ति, लुतो फाल्ने दिन

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

श्रावण १ शुक्रबार
आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति हो । मानो खाई मुरी फलाउने पर्वका रुपमा साउने संक्रान्ति पर्वलाई लिइन्छ । धान रोपाइँको काम सकिएको दिनका रुपमा आज देशभर यो पर्व मनाउने गरिन्छ ।आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । असार महिनाभर हिलोमा पसेर काम गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरीर सफा राखी लुतो फाल्ने गर्छन् ।लुतो फाल्दा राँको (आगोको अगुल्टो) फाल्ने तथा कुरिलो बाल्ने चलन छ । लुतो फाल्न कागती, अम्बा, अनार, नास्पाती जस्ता फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गरिन्छ ।
यसबाट लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास रहिआएको छ । आजकै दिन महिलाहरुले हातमा मेहन्दीसमेत लगाउने गर्छन् । साथै, हरियो चुरा लगाएर भगवान् शिवको ब्रत पनि बस्ने गर्छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया