घरHeadlineढोकीको चारपाते कृषक समूहमा ट्रयाक्टर

ढोकीको चारपाते कृषक समूहमा ट्रयाक्टर


खगेन्द्र पराजुली,
२८ असार, नवलपुर ।
सामुहिक कृषि प्रयोजनका लागि कावासोती नगरपालिका र स्थानीय सहभागितामा ट्रयाक्टर खरिद गरि वडा नं. १७ ढोकीको चारपाते कृषक समुहलाई हस्तान्तरण गरिएको छ ।
खरिद गरिएको ट्रयाक्टर समूहमा आवद्ध उपभोक्ताहरुको उपस्थितिमा नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले कावासोती नगरपालिकाको कार्यालय परिसरमा हस्तान्तरण गरे ।
कुल १५ लाख २० हजार रुपैंयामा खरिद भएको ट्रयाक्टरका लागि नगरपालिकाले ५ लाख ८३ हजार ५ सय रुपैंया अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । बाँकी ९ लाख ३६ हजार ५ सय रुपैंया समुहमा आवद्ध कृषकको लागत सहभागिता रहेको छ ।
बाईस जनाको समूहमा आवद्ध कृषक समूहको ब्यवस्थापन र संरक्षणमा रहने कृषि प्रयोजन साधनको रुपमा वडाको पहलमा अनुदान उपलब्ध गराईएकोले प्राप्त साधनको संरक्षण गर्न आग्रह गर्दै अवका दिनमा कृषि उत्पादनमा थप उन्नति गर्न टेवा पुग्ने बिश्वास वडाध्यक्ष छविलाल महतोले ब्यक्त गरे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया