असार २८, कावासोती
पश्चिम नवलपरासी प्रहरीले आईतबार भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अंन्दाजी ७ लाख ३५ हजार ९ सय २० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आईतबार दिउँसो भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ५८ हजार ४ सय मुल्य बराबरको पुजामा प्रयोग हुने तामाको प्लेट ११२० पिस सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं २ भक्सिपुर स्थितबाट बरामद गरेको हो । उक्त सामान टाउकोमा बोकी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका थिए ।
त्यसैगरी आइतबार नै दिउँसो भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ हजार ४ सय १० मुल्य बराबरको चिनी, हार्डवेयरका सामान , मोटरसाईकलको पार्टपुर्जा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ३२ हजार मुल्य बराबरको २ वटा खसी प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं. ७ बाट बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको ब्ँश्ब्ी नामक हुक्कामा प्रयोग हुने पाउडर ४ काटुन प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं. ०५ बाट बरामद गरेको छ । उक्त सामान टाउकोमा बोकी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका थिए ।
हिजो नै प्रहरीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १८ हजार १ सय १० मुल्य बराबरको गन्जी, सेतो गम्छा, कट्टु, चुन्नी, टिर्सट लगायतका कपडा प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउंपालिका वडा नं. ०४ बिर्ताढाला स्थितबाट बरामद गरेको छ ।
आईतबार बरामद सम्पुर्ण माल सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी राजु लामाले जानकारी दिनुभयो ।