२६ असार, नवलपुर ।
नवलपुरमा चितुवाले एक गोठभित्र पसेर भेडा सखाप पारेको छ । मध्यविन्दु १ की मनकुमारी महतोको गोठमा रहेका भेडालाई चितुवाले आक्रमण गरेपछि गोठ नै रित्तिएको छ ।
गएराती बस्ती प्रवेश गरेको चितुवाले गोठमा बाधिएका १५ वटा भेडालाई आत्रमण गर्दा १३ वटा भेडा मरेको नवलपुर प्रहरीले जनाएको छ ।
नन्द–भाउजु मध्यवर्ती बन उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार मनकुमारीले पालेका पन्ध्र भेडामध्ये शुरुमा ११ वटा पछि घाईते अवस्थामा रहेकामध्ये दुई वटा गरी तेह्र भेडा मरेका छन् । बाँकी दुई भेडा पनि आक्रमणबाट घाईते छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्र बस्तीको नजिकै छ । त्यहीँ वनबाट चितुवा बस्तीमा आएको अनुमान स्थानीयले गरेका छन् । चितुवा बस्तीमै पसेर पशु–चौपायामा क्षति पुर्याएपछि स्थानीय झन् त्रसित बनेका छन् ।