
असार २६, कावासोती
आदीकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा रेडियो सामर्थ्य ९२.१ मेगाहर्जले असार २९ गते अवसरमा श्रष्टा सम्मान र कविता सग्रह कृति बिमोचन कार्यक्रम गर्ने भएको छ ।
कावासोती २ को ओमशान्तीमार्ग स्थित रेडियोका कार्यालयमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर श्रष्टा सम्मान र कविता सग्रह कृति बिमोचन कार्यक्रम गर्न लागिएको रेडियोका प्रवन्ध निर्देशक सागर पोख्रेलले बताए ।

पोख्रेलका अनुसार कार्यक्रममा विगत बर्षहरुमा जस्तै यस बर्षपनी आदीकवि भानुभक्त आचार्यको जन्म जयन्ति मनाउन लागीएको जानकारी दिनुभयो । भानुजयन्तीको अवसरमा बृहत् कवि गोष्ठी तथा कवि दिपक सोतीद्धरा लिखित फुल्न नसकेका फुलहरु कविता संग्रह कृति विमोचन कार्यक्रम हुने जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका साहित्यकारहरुबाट रचना वाचन सगै साहित्यिक स्रष्टालाई सम्मान समेत गरिने जानकारी दिनुभयो ।
भानु जयन्तीको अवसरमा नवलपुर जिल्लामा रहेर साहित्यको क्षेत्रमा कलम चलाउदै आउनु भएका कवि तथा समालोचक दिपक सोतीलाई सम्मान समेत गरीने रेडियोका निर्देशक पोख्रेलले जानकारी दिनुभयो ।
श्रष्टा सम्मान र कविता सग्रह कृति बिमोचन कार्यक्रम कार्यक्रममा नवलपुरकै साहित्यिक संस्था साधना संगम नेपाल नवलपुर, सामर्थ्य साप्ताहिक र सत्यकलम डट कमले सहकार्यमा कार्यक्रम आयोजना गरीएको छ भने कार्यक्रमलाई कावासोती नगरपालिकाको सहकार्य समेत रहने भएको छ ।