घरHeadlineलगातारको बर्षाले नवलपुरको पहाडी गाँउ राम्चेको जनजीवन प्रभावित

लगातारको बर्षाले नवलपुरको पहाडी गाँउ राम्चेको जनजीवन प्रभावित

असार २६, शनिबार
नवलपुर
शालिकराम कोईराला
विगत केहिदिनदेखिको लगातार बर्षाका कारण नवलपुरको बिकट पहाडि गाउँ राम्चेको जनजीवन नराम्ररी प्रभावित भएको छ। बर्षापछि राम्चे नजिकै पहिरो खसेर सडक अवरुद्ध हुँदा स्थानीयलाई आउ–जाउमा समस्या भएको छ ।
बर्षाले हुप्सेकोट रिङरोडको ट्रयाक भत्काएको र राम्चेको पुरानो पहिरो खस्ने क्रम पनि नरोकिएकाले आफुहरू त्रसित भएको स्थानीय रूपकला प्राथमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आसबहादुर चितौरे मगरले टेलिफोनबाट जानकारी गराए ।
हुप्सेकोट गाउँपालिका ५ मा पर्ने बिकट पहाड राम्चेमा बर्षाले दिवुत्त खोलाको लिफ्टिङ सिस्टमबाट सप्लाई गरिएको खानेपानीको पाईप समेत पुरिदिएको छ । गाउँ देखि उत्तरतर्फ रेब्दि पाखो र देवीथान साईडको सडक भत्केर एक्साभेटर प्रयोग बिना सडक खोल्न सकिने अबस्था छैन ।
त्यस्तैगरि राम्चेलीहरूको संधि–सर्पन डम्मराको खेतमा रोपेको धानबाली स्थानीय खहरेखोलाको बाढीले बिनास गरिदिएको छ। कतिपय खेत बगरमा परिणत भएको आस बहादुरले जानकारी गराए । पत्रकारहरूले यो कुरा हुप्सेकोट गाउँपालिकाकि अध्यक्ष लक्ष्मीदेवि पाण्डेको ध्यानाकर्षण गराईदिन पर्यो उनले भने ।
केरूङे खोलाको मुहानमा रहेको राम्चे गाउँ सदरमुकाम कावासोतीबाट चालीस किलोमिटर उत्तरमा पर्छ भने हुप्सेकोट गाउँपालिको कार्यालय झ्यालबासबाट अठ्ठाईस किलोमिटर टाढा पर्छ । बिगत तीन दशकदेखि राम्चेको पहिरोले स्थानीयलाई पिरोली रहेको छ ।पालिकाले हालसम्म स्थायी रूपमा पहिरो नियन्त्रण गर्न सकेको छैन

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया