घरHeadlineबाढीले बगाएर एक युवा बेपत्ता

बाढीले बगाएर एक युवा बेपत्ता

काभ्रे :  जिल्लाको खानीखोला गाउँपालिका–६ स्थित खानीखोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन्। 

तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले बुधबार खानीखोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबा बाढीले बगाएर बेपत्ता भएको जानकारी दिए। असई दाहालका अनुसार बेपत्ता वाईबालाई पावरहाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको हो।

बेपत्ता वाईबा काका बुद्ध तामाङ र खानीखोला–१ का वडा सचिव नवीन कुमार भट्टाराईसँग गाउँपालिकाको केन्द्र ताल्ढुंगा गएका थिए। प्रहरीले मादक पदार्थ सेवन गरेको आंशका गरेको छ।

स्थानीय श्रीकृष्ण थापाले बेपत्ता भएको वाईबा काका र वडा सचिवसँग ज्यालादारी गरे बापतको रकम लिन गाउँपालिका जाने क्रममा बाढीले बगाएको जानकारी दिए। स्थानीयले बाढीले बगाएका वाईबा मासबारी पुलमुनिसम्म देखिएको र त्यसपछि भने नदेखिएको बताएका छन्। 

घटना बुधबार दिउँसो भए पनि प्रहरीले साँझ मात्र थाहा पाए लगत्तै खोजी कार्यमा जुटेका छन्। असई दाहालले बगाएको स्थानदेखि मकवानपुरको बागमती गाउँपालिकाको उत्तरी सिमाना सिक्रेदोबानसम्म खोजी गर्दा समेत नभेटिएको बताए। बाढीको कारण पानी धमिलो हुँदा बेपत्ता भएका वाईबाको खोजी गर्न गाह्रो भइरहेको तालढुंगा प्रहरी चौकीले जनाएको छ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया