घरHeadlineओली र माधव नेपालबीचको वार्त सकरात्मक, आज कार्यदलको बैठक बस्ने

ओली र माधव नेपालबीचको वार्त सकरात्मक, आज कार्यदलको बैठक बस्ने

काठमाडौं
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको भेटवार्ता सकिएको छ। बुधबार (हिजो) साँझ अबेर काठमाडौंको होटल मेरियटमा यी भेटवार्ता भएको थियो।
भेटवार्तापछि बैठकमा सहभागी एमाले माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक ढंगले भएको आज फेरि कार्यदलको बैठक बस्ने बताए।

पत्रकारले सोधेको प्रश्नमा माधव नेपाल पक्षका नेता भीम रावलले भने,दुई शीर्ष नेताबीच (ओली नेपाल) पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो, यसलाई सकारात्मक तरिकाले कसरी लैजाने भन्ने छलफल भयो, यस सम्बन्धमा फेरि कुराकानी हुनेछ।ु

घुमाउरो पाराले यसबारे अर्थ्याएका रावलले आजको वार्ताबारे खासै खुलाएनन्। उनले आज फेरि कार्यदलमा यसबारे छलफल हुने बताए। नेता पाण्डेले भने सकारात्मक कुरा भएको र भोलि पनि कार्यदलको बैठक बस्ने बताए। उनले भने,दुई शीर्ष नेताबीच सकारात्मक कुराकानी भएर हिँड्नुभएको छ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया