घरHeadlineकावासोतीमा कोभिड १९ विरुद्धको भेरोसेल दोस्रो डोज २६ गते लगाईने

कावासोतीमा कोभिड १९ विरुद्धको भेरोसेल दोस्रो डोज २६ गते लगाईने

असार २२, कावासोती
कावासोती नगरपालिकाले भेरोसेल खोप असार २६ गते लगाउने भएको छ । गत जेठ २८ गतेदेखी ३० गतेसम्म पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप लगाउन लागिएको हो । खोप लगाउनका लागि प्रथम चरणमा भेरोसेल खोप लगाएको खोप कार्ड ल्याउनुपर्ने छ ।
कावासोती नगरपालिका अन्र्तगत पहिलो खोप लगाएका स्थानहरुमा दोस्रो खोप लगाईने कावासोती नगरपालिका स्वास्थ्य शाखाका पारेश्वर भुत्र्येलले जानकारी दिनुभयो ।
कावासोती नगरपालिका अन्र्तगत रहेका शिवमन्दिर स्वास्थ्य चौकी, कावासोती स्वास्थ्य चौकी, पिठौली स्वास्थ्य चौकी , कुमारवर्ती स्वास्थ्य चौकी र अग्यौली स्वास्थ्य चौकीमा खोप लगाईने भएको हो । स्वास्थ्य शाखाका अनुसार असार २६ गते विहान १० बजे देखी दिउसो ४ बजे सम्म खोप लगाईने जनाएको छ ।
कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोजको खोप जिल्लाभर ४ हजार ९६५ जनालाई लगाइने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
जिल्लाका आठ स्थानीय तहमध्ये यसअघिको पहिलो चरणमा गैँडाकोटलाई ९६० डोज, देवचुलीलाई ७८२, कावासोतीलाई १०२५, मध्यविन्दुलाई ८७०, हुप्सेकोटलाई ४०४, विनयी त्रिवेणीमा ४०४, बौदिकालीमा २१० र बुलिङ्टारमा ३१० खोप डोज उपलब्ध गराइएको थियो । दोस्रो चरणमा पनि यही अनुपातमा उपलब्ध गराइने जनाइएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया