असार २३, नवलपुर
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त भएका छन् ।
साविक नवलपरासी जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका कमाल गण्डकी प्रद्यैशका मुख्यमन्त्रीको राजनैतिक सल्लाहाकारको रुपमा मनोनित भएका छन । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा आउन चाहिरहेका थिए ।
मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ ।