Close up of a Doctor making a vaccination in the shoulder of patient, Flu Vaccination Injection on Arm, coronavirus, covid-19 vaccine disease preparing for human clinical trials vaccination shot.
असार २२, कावासोती
कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोजको खोप जिल्लाभर ४ हजार ९६५ जनालाई लगाइने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
जिल्लाका आठ स्थानीय तहमध्ये यसअघिको पहिलो चरणमा गैँडाकोटलाई ९६० डोज, देवचुलीलाई ७८२, कावासोतीलाई १०२५, मध्यविन्दुलाई ८७०, हुप्सेकोटलाई ४०४, विनयी त्रिवेणीमा ४०४, बौदिकालीमा २१० र बुलिङ्टारमा ३१० खोप डोज उपलब्ध गराइएको थियो । दोस्रो चरणमा पनि यही अनुपातमा उपलब्ध गराइने जनाइएको छ ।
गत जेठ २८ गतेदेखी ३० गतेसम्म पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप लगाउन लागिएको हो । खोप लगाउनका लागि प्रथम चरणमा भेरोसेल खोप लगाएको खोप कार्ड ल्याउनुपर्ने छ ।
गैँडाकोटका ९६० जनालाई यहि २५ गते कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाईने भएको छ । जिल्लाका सबै स्थानिय तहहरुले पहिला जुन जुन खोप केन्द्रमा पहिलो खोप लगाएका थिए सोही स्थामा खोप लगाईने जनाएको छ ।
स्वास्थ्य कार्यालयले अन्य जिल्लामा पहिलो खोप लगाएकाहरुलाई समेत खोपको व्यावस्थापन गर्ने भएको छ ।