
असार २२,असार
सामाजिक सेवा कोष ऐनमा भएका केहि प्रावधानहरु कर्मचारीहरुको हित विपरित भएको भन्दै कावासोतीमा मंगलबार बैंक तथा वित्तिय सस्थाका कर्मचारीहरुले कावासोतीमा प्रदर्शन गरेका छन् ।
कावासोती बैकर्स एशोसिएसनको आव्हानमा सोमबार बैंक कर्मचारीहरुले प्रदर्शन गरेका हुन् । एशोसिएसनका सचिव शेषराज पोख्रेलले सामाजिक सुरक्षा कोष ऐन र यसका कार्यविधिका बुँदाहरु एक आपसमा बाझिएकोले कर्मचारीको लगानी असुरक्षित हुने देखेर प्रदर्शनमा उत्रिएको बताए । उनले यसका प्रावधानहरु नसच्याय सम्म आफुहरुको आन्दोलन नरोकिने बताए । एशोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जर्बजस्ती लागू गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैँक तथा बित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने बताए । सोमबारको प्रदर्शनमा कावासोती क्षेत्रका बैंकका कर्मचारीहरु सहभागी थिए ।