असार २१, कावासोती
नवलपरासी (पश्चिम) प्रहरीले असार २० गते अवैध कारोवारमा संलग्न १ पिकअप गाडी सहित अन्दाजी १७ लाख १० हजार ३ सय ५० मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
हिजो दिउसो दिउँसो अन्दाजी ६ लाख मुल्य बराबरको भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको Omini GOLD नाम लेखेको ३६५ थान घाँस मार्ने औषधी (केमिकल) सिमा प्रहरी चौकी महेशपुरल पाल्हीनन्दन गांपालिका वडा नं. २ गोपालपुरबाट बरामद गरेको हो । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।
त्यसै हिजो दिउँसो भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ८९ हजार मुल्य बराबरको नेट साडि–३५ पिस र सुट–१९ पिस प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाँउपालिका वडा नं. ५ धर्मौली स्थितबाट बरामद गरेको छ । उक्त सामान पनि मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।
हिजो नै समयमा सुनवल नगरपालिका वडा नं. १ सुनवल चोक स्थितमा लु २ च ५९५ नं को पिकअप गाडीलाई शंका लागि चेकजांच गर्दा गाडीमा अवैध रुपमा राखि ल्याउदै गरेको काजु ४८ के.जी ,बदाम २४ के.जी, निलो रेड बुल १२०० पिस, पुजा गर्ने कपुर ५९० प्याकेट र पापड ४० के.जि लगायतका किराना सामान ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले फेला पारी सामान, गाडी र गाडी चालक समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त सामानको अन्दाजी मुल्य ३ लाख २१ हजार ३ सय ५० बराबर र पिकअप गाडीको अन्दाजी मुल्य ७ लाख गरी जम्मा १० लाख २१ हजार ३ सय ५० मुल्य बराबर रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
बरामद सम्पुर्ण सामान,गाडी र गाडी चालक समेतलाईलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ